खोलाले बगाउँदा बालकको मृत्यु
काभ्रे । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ४ का विपिन तिमल्सिना मृत अवस्थामा भेटिएको छ ।
गाउँकै एक मिहनती युवा तिमल्सिना शनिबार दिउँसो १ बजेसम्म सम्पर्कमै रहेका थिए ।
उनी आफूले लगाएको फलपूmल, तरकारी बारी आसपास रहेको भिरालो चट्टान भएको क्षेत्रमा मृत भेटिएका हुन् । घटनास्थलको प्रकृति हेर्दा उनी चिप्लिएर लडेको हुनसक्ने आशंका गरिएको छ । उनले खेती गरेको बारी घरदेखि १५÷२० मिनेटको दुरीमा रहेको घट्नास्थल पुगेको प्रहरी टोलीले बताएको छ । प्रहरीले उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि शिरमेमोरियल अस्पताल ल्याइएको छ ।
स्थानीयले भिरालो पाखोमा चिप्लिएर तल रहेको चट्टानमा बजारिएर उनको मृत्यु भएको हुनसक्ने अनुमान लगाएका छन् । घट्ना आफैं चिप्लिएर भयो या कसैले गरायो भन्ने विषयमा पोष्टमार्टमसँगै अनुसन्धान हुने प्रहरीले बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।