महाभारत । अविरल वर्षाका कारण काभ्रे जिल्ला, महाभारत गाउँपालिकाका सबै सडकहरु दर्शै अगाडि नै मर्मम सम्हार गरी यातायात सूचारु गर्ने भएको छ । महाभारत गाउँपालिकाको आइतबार बसेको
कार्यपालिकाको बैठकले सबै सडकहरु मर्मत गर्न बजेट विनयोजन गर्ने निर्णय गरेपछि अब बाटो सूचारु हुने भएको हो ।
बैठकको निर्णयको जानकारी दिंदै महाभारत गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले महाभारतमा यातायात सूचारु गर्नका लागि चाँडोभन्दा चाँडो बाटो मर्मत गर्ने निर्णय गरेको छ । ‘अविरल वर्षाका कारण महाभारतका सबै बाटोहरु अबरुद्ध छ । जनताले दुःख पाइरहेको छ ।’ मोक्तानले भने, ‘अब चाँडै नै सूचारु हुन्छ, त्यसको लागि मर्मत खर्च शिर्षकबाट बजेट समे विनियोजन गरेका छौं ।’
महाभारत गाउँपालिका अन्तर्गत विभिन्न बाटोहरु अविरल वर्षाका कारण पहिरोले गर्दा अवरुद्ध भई आवत जावतमा समस्या भएको थियो । बाटो मर्मतको लागि प्राविधिकको सुझाब अनसरुप कार्य अघि बढाउन वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता मोक्तानले तेमाल अनलाइनलाई जानकारी दिए ।

ममंतको लागि बजेट यस्तोछः

ताराखसे–थाम–स्याप्लेडाँडा–गोकुले सडक मर्मत १० लाख, बुढाखानी महाबदटार, खोलाघारी सडक ४ लाख, सोलाल गोप, गुराँसे, घमाईलो बारथली, तिनखुट्टे, चाउडिक सडक ३ लाख, राङचा, कुलुङ, भञ्ज्याङ, उध्याउने, गल्टार, चौरीबेसी, गताबेसी, ठुटेआँप ७ लाख, छोटोसाहन, धामपञ्ज्याङ, गोगने सडक ५ लाख, राङचा, आहाले, बाँसपुर, सल्लेनी, देवीटार, गल्टार सडक ५ लाख, घुड,े टुनीबास, बेतीनी, सडक २ लाख, मसाने, भञ्ज्याङ, सानोपोखरा, ठूला पोखरा सडक २ लाख, सिम्ले बगर, चन्द्रसूर्य, निमावि सडक १ लाख ५० हजार, उध्याउने, पहेडाँडा चारघरेडाँडा १ लाख ५० हजार, चौतारा, सुकौरा, घ्याप्रिङ सडक ५० हजार जम्मा ४१ लाख ५० हजार विनियोजन गरिएको छ ।
गाउँपालिकाको मर्मत कोषमा ५० लाख रुपैयँ बजेट विनियोज गरिएको थियो ।
यसबीच प्रदेश सरकारबाट पनि बाटो मर्मतको लागि बजेट विनियोजन भएको मोक्तानले जानकारी दिए । ताराखसे थाम स्याप्लेडाँडा गोकले १० लाख, पिन्थली रजबास मजुवा कलवन चारकिल्ला तिनखुट्टे मसाने भञ्ज्याङ देविटार घर्तीछाप २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।