हेटौंडा । प्रदेश ३ को प्रदेश सभा वैठकमा प्रदेशको स्थायी राजधानीको बारेमा प्रदेश सांसदहरुले कुरा उठाएका छन् ।
सोमबार बसेको प्रदेश सभाको वैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले स्थायी राजधानीको लागि संसदमा विषय प्रवेश गराउन ढिलाई गरेको भन्दै आवाज उठाएका हुन् ।
काभ्रेका प्रदेश सभा सदस्य सांसद रत्न ढकालले राजधानी विषयलाई प्रवेश नगरेको भन्दै हाउसको मर्यादा राख्न सरकारसँग आग्रह गरेका छन् ।
अर्का सांसद लक्ष्मण लम्सालले पनि राजधानी संविधानले दिएको अधिकार प्रयोग गर्न नसक्दा संघीयता धरापमा पर्न सक्ने भन्दै प्रदेश सभा सदस्यलाई संविधान दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने माग राखेका थिए ।
प्रदेश सभाको आजको वैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थायी राजधानीको विषयमा संसदमा कुरा उठाएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।