काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लाको बनेपामा संचालित होटेल तथा पार्टी प्यालेसको अनुगमन गरिएको छ । अनुगमनको क्रममा बनेपाको पुल बजारमा सञ्चालित पञ्चकन्या बेंक्वेटको उत्पादन गुणस्तरहीन पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख शिव भण्डारीले जानकारी दिए । ५० प्रतिशतभन्दा कम सूचांक प्राप्त गर्ने उद्योगलाई गुणस्तरहीन सूचीमा राखिने गरेको भण्डारीले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले अनुगमन गर्दा उक्त पार्टी प्यालेस गुणस्तरहीन घेट्टीको हो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय काभ्रे, होटेल तथा रेस्टुरेन्ट संघ काभ्रे उद्योग वाणिज्य महासंघ काभ्रे, बनेपा नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रतिनिधि सहभागी थिए ।
स्तरीकरण र लोगो वितरण
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटेल स्तरीकरण एवं लोगो वितरण गरिएको छ । चारवटा पार्टी प्यालेस र एउटा होटेलको अनुगमन गरेकोमा एउटा पार्टी प्यालेसले हरियो रंगको दुईवटा तारा प्राप्त गरी ‘ख’ वर्गको लोगो प्राप्त गरेको छ । दुईवटाले पहेँलो रंगको ‘घ’ वर्गको लोगो प्राप्त गरेका भण्डारीले जानकारी दिए । ‘खाद्य सुरक्षाको दृष्टिले सन्तोषजनक रहे पनि पहेँलो रंगको स्टिकर प्राप्त गर्नु भनेको उसले उत्पादन गरेका सामग्री गुणस्तरहीन छन् भन्ने बुझिन्छ,’ भण्डारीले भने ।
बनेपाको भीमसेन स्थानमा रहेको अरनिको पार्टी प्यालेसले हरियो रंगका दुई तारासहतिको लोगो र बनेपास्थित रेडक्रस चोकनजिकै रहेको के एन ब्यैंक्वेट र कायस्थ ब्येँक्वेटले पहेँलो लोगो प्राप्त गरेका छन्। त्यस्तै, बनेपा बसपार्कमा रहेको भिआइपी नेवारी आजा एन्ड रेस्टुरेन्टले हरियो लोगोसहित दुई तारा प्राप्त गरेको भण्डारीले जानकारी दिए ।
त्यसैगरी के एन ब्यैंक्वेट र कायस्थ पार्टी प्यालेसले पहेँलो तथा ‘घ’ श्रेणीको लोगो प्राप्त गरेका छन् । के एन बेंंक्वेट नगरपालिकामा दर्तासमेत नगरी सञ्चालन भएको पाइएको छ । सञ्चालकलाई तत्काल दर्ता गरेर व्यवसाय गर्न निर्देशन गरिएको भण्डारीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















