तेमाल । काभ्रेको तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले आफूसँग सहकार्य गर्न तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थालाई सुझाव दिएका छन् । संस्थाले आयोजना गरेको विद्युतिय चुलो वितरण कार्यक्रममा आफूलाई ढिलो जानकारी गराएको भन्दै उनले सहकार्य विना संस्था चल्न नसक्ने पनि बताए ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेसबाट जितेकोले यीनीहरुले कुरा सुन्छ कि भन्ने भावना छ भने सहकारी नेतृत्वले त्याग्नुपर्नेमा उनले जोड दिए । ‘गाउँपालिकालाई सहकारीले नजीक बसेर सहकार्य गर्नुैपर्छ । सहकार्य विना कुनै काम गर्न सक्दैन । हामी सबै एक एक वटा पर्टीमा छौं ।’ उनले भने, ‘काँग्रेसको अध्यक्ष र उपाध्यक्ष छ भनेर यीनीहरुलाई धेरै कुरा गर्नु हुँदैन भन्छ भने सहकार्य टुट्न सक्छ ।’
शिवजीको कथा सुनाउँदै पोखे आक्रोश
कार्यक्रममा अध्यक्ष तामाङले सहकार्यले आफूसँग सहकार्य नगरेको कुरा प्रति व्यंग्य गर्दै शिव, गणेश र कुवेरको कथा समेत सुनाउन भ्याए ।
‘शिवजीको पुजा गर्दा गणेशको पुजा गरेन भने शिवजीलाई राम्रो लाग्दैन ।’ उनले कथा सुनाउँदै भने, ‘कुवेर ८४ व्यञ्जन खानेकुरा तयार गरेर शिवजीलाई बोलउान गए । शिवजीसँगै भएको गणेशलाई भने निमन्त्रणा दिएन । तर शिवजीले आफू नजाने र गणेशलाई लिएर जान कुवेरलाई अनुरोध गरे । कुवेरले गणेशजीलाई लिएर गए । तर गणेशले आफूलाई पहिला निमन्त्रणा नभएको जान मानेनन् । कर लगाएपछि गणेश गए । गणेश कुवेरको घरमा पुगेपछि ८४ व्यञ्जन मात्र होइन कुवेरको घरमा भएको सबै थोक खाँदा समेत गणेशलाई पुगेन । यो समस्या देखेपछि कुवेर फेरि शिव कहाँ गए र समस्या बताए । त्यसपछि शिवले गणेशले त्यसो गर्नुको कारण बताए र आफूले समस्या समाधान गरिदिने वाचा दिए ।’
अध्यक्ष तामाङले आफूलाई त्यही कथासँग तुलना गरे । आफूलाई पत्र एकदिन अघि मात्र पठाएको भन्दै गुनासो गरे । ‘तेमाल गाउँपालिकाले सिधै स्वर्गबाट अवतरण भएको विद्युत प्राधिकरणको निर्देशक सहभागी भएको कार्यक्रममा सहभागी थोरै भयो ।’ उनले भने, ‘तेमालमा हामी सबै सहकार्य गर्न सकेनौ भने राम्रो हुँदैन ।’
छाता र नाताले सम्भव भएको यो योजना
कार्यक्रममा तामाङले छाता र नाताको समेत व्याख्या गरे । तेमालमा विद्युततिकरण हुनुमा नाताको ठूलो भूमिका रहेको चर्चा समेत गरे । कुलमान घिसिङ आफ्नो नाताको भएकोले यो योजना सम्भव भएको समेत बताए । ‘शुरुवात गर्दा कहाँ सहकार्य गर्दा विद्युतीकरण गर्न सकिन्छ भन्ने चिन्ता र अलमलमा थियौं । छाता र नाता आवश्यक पर्ने बेलामा मात्रै हुने रहेछ ।’ उनले भने, ‘सामुदायिक ग्रामीण विद्युतीकरणमा कुलमान घिसिङ हुँदा नाता जोडेर तेमालको विद्युतीकरणको काम थालिएको थियो । त्यतिबेला ठूलो क्षेत्रमा विद्युतीकरण गर्न सकिन्न भनिएको थियो । उहाँले बाटो देखाउनु भयो र हामीले हिंड्ने सामथ्र्य राख्यौं र सफल पनि भयौं ।’
पोल फेर्न सहकार्य गर्न तयार छु
तेमालमा रहेका सबै काठका पोलहरु फेर्न तेमाल गाउँपालिका सहकार्यको लागि तयार रहेको बताए । काठ पोलको कारण आफूलाई निन्द्र समेत नलागेको दुखेसो पोखे । ‘अहिले पनि तेमालमा ४ हजार ९ सय काठको पोलहरु छन् । त्यो परिवर्तन नगर्दासम्म निन्द्रा लाग्दैन ।’ उनले भने, ‘पानी र हुरी आउँदा चिन्ता थपिन्छ । यी पोलहरु हटाएर स्टिलको पोल राख्नका लागि तेमाल गाउँपालिका सहकार्य गर्न तयार छ ।’
सहकारीले नजिक बसेर सहकार्य गर्न चाहिं तत्परता देखाउनुपर्नेमा जोड दिँदै सहकार्य नगर्ने भन्नु घातक हुने चेतावनी समेत दिए । ९०÷१० को कार्यक्रममा हिउँदे अधिवेशनभन्दा पहिला नै प्रस्ताव लगेर जान सकियो भने तेमाल गाउँपालिकाले कति बजेट राख्न सक्छ आफू सहयोग गर्न तैयार रहेको प्रष्ट पारे ।
तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाको ५ वर्षसम्म अध्यक्ष तामाङको नेतृत्वमा हुँदा संस्था पूरै घाटामा थियो । करिब १७ लाख खाटामा रहेको संस्था अहिले भने नाफामा गइरहेको संञ्चालकहरु बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















