पनौती । काभ्रे जिल्लाको पनौति नगरपालिकामा रहेको तेजगंगा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले ताला लगाएको छ । क्याम्पस प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि आफ्ना मागहरु प्रति जिम्मेवार नबनेको भन्दै स्ववियूले विभिन्न माग सहित ताला लगाइएको हो ।
यस अघि पटक पटक क्याम्पस प्रशासनसँग लिखित माग राखेकोमा उनीहरुको मागलाई सम्बोधन नगरेको स्ववियूको आरोप छ । त्यसपछि स्ववियुले अन्तिम पटक २४ घण्टे अल्टिमेटम दिँदै भाद्र ९ गते ६ बुँदे मागपत्र पेस गरेको थियो ।
बुधवार (आज) स्वतन्त्र बद्यार्थी युनियन तेजगंंगा बहुमुखी क्याम्पसका अध्यक्ष राजेश थापाद्वारा एक विज्ञप्ती जारी गर्दै क्यामपस प्रशासन कक्षमा युनियनले ताला लगाई दिएको छ ।
क्याम्पसले मनोमानी हिसाबले शुल्क समायोजन गरेको, क्याम्पस व्यवस्थापन समितिमा विद्यार्थी प्रतिनिधिको सहमति विपरीत नै निर्णय गराइएको, शैक्षिक क्यालेण्डरको पालना नभएको, विद्यार्थीसँग लिएको शुल्क र लेखापरीक्षण हिसाब फरक पाइएको लगायतका विषयमा असहमति रहेको स्ववियुले जनाएको छ ।
स्ववियूको मागपत्र यस्तोछः

स्ववियूको प्रेस विज्ञप्ति यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















