पाँचखाल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले लोकतन्त्र माथि प्रश्न उठाउनु अपराध भएको बताएका छन् । विहिबार (आज) सुनकोशी पाँचखाल खानेपानी आयोजनाको संझौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँसकोटाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले देशैभरि संविधान दिवस भव्य रुपमा मनाउन सबैलाई अनुरोध गरे । त्यसदिन सार्वजनिक विदा दिएको बताउँदै त्यस दिनको विदा व्यक्ति विदा नभएको र संविधान दिवस भव्य रुपमा बनाउन भएकोले सबै लाग्नुपर्नेमा जोड दिए । ‘यसपटक संविधान दिवस भव्य रुपमा मनाऔं । संविधान हामीले लडेर ल्याएको हो । ६० लाख जनता लडेर ल्याएको हो ।’ उनले भने, ‘दशैं तिहार भन्दा पनि यो ठूलो चाड हो । नागरिक प्रजाबाट जनता भएको दिन हो । कोही कसैले छेउकुनाबाट कमजोर बनाउने, अनास्था फैलाउने खालको गतिबिधि कसैले मन पराउन सक्दैन । लोकतन्त्र माथि प्रश्न उठाउनु अपराधपूर्ण काम हो । यसलाई कुल्चि दिनुपर्छ ।’
यो व्यबस्था रगत पसिनासँग साटेर ल्याएको व्यवस्था हो भन्ने कुरा भावि पुस्तालाई समेत सुनाउनुपर्ने भएकोले संविधान दिवसलाई भव्यरुपमा मनाउनुपर्ने उनको जोड थियो ।
साउथ एसिया कै ठूलो परियोजना पाँचखामा
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सुनकोशी पाँचखाल खानेपानी परियोजन साउथ एसियाकै सबैभन्दा ठूलो परियोजन रहेकोले पाँचखालबासीलाई बधाई समेत दिए । ‘यो परियोजना २ अर्ब २२ करोडको हो । साउथ एसिया मै एडिभीको सहयोगमा सम्पन्न हुँदैगरेको यो सबैभन्दा ठूलो परियोजना हो ।’ उनले भने, ‘यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नुपर्छ । बढीमा ३ वर्ष भित्रमा सम्पन्न गर्नुपर्छ । सबै लागौं ।’
काभ्रेभरि नै खानेपानीको प्राथमिकता
जिल्ला भरि नै खानेपानीलाई प्राथमिकतामा राखेको बास्कोटाले बताए । सोही अनुसार जिल्ला भरि विभिन्न स्थानमा परियोजना लागुभइरहेको स्पष्ट पारे । ‘बनेपा र पनौति पानी चाहिएको थियो । अब करिब ४ महिना भित्र खानेपानी सबै घरघरमा आईपुग्छ । काम सकिसकेको छ ।’ उनले भने, ‘बनेपामा ढिलो भयो १२ वर्ष लाग्यो बनेपामा । अब यो खालको स्टाईल नगरौं । खानेपानी आयोजना प्रमुखहरुलाई मेरो अनुरोध छ ।’
मन्त्री बास्कोटाले काभ्रेको मण्डनमा पनि १ अर्ब ७५ लाखको अर्को खानेपानी शुरु गर्न लागेको बताए । त्यस्तै नमोबुद्धमा, तेमाल, चौंरी देउरालीमा खानेपानीको काम भइरहेको उनले जानकारी दिए ।
यन्द्रावतीको पाता फर्काउन मेयरलाई निम्तो
मन्त्री बास्कोटाले इन्द्रावतीको पानी मण्डनदेउपुर र पाँचखाल नगरलाई सिंचित बनाउन योजना बनिसकेको बताए । उनले इन्द्रावतीको ‘इन्द्रावतीको पाता’ फर्काउने योजनाको स्मरण गराउँदै यसको विषयमा छलफल गर्न मण्डनदेउपुर र पाँचखाल नगरपालिकाका प्रमुखहरुलाई निम्ता समे दिए । ‘निम्ता छ मेयरहरुलाई । चाँडै आउनुहोस् छलफल गरौं ।’ बास्कोटाले भने, ‘इन्द्रावती पाता फर्काउने कुरा याद छ ? त्यसको लागि १० करोड डिपीआर गर्न कजेट छुट्याएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।