भुम्लु । काभ्रेको भूम्लु गाउँपालिका १० साखिन डाँडामा चट्याङ लगेर एक जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका ५ पेप्टाका २२ वर्षीय लालबहादुर विकको मृत्यु भएको हो ।
बुधबार बेलुका घरमा टिभी हेर्दै बसेका विक चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । घर बनाउने मिस्त्री काम गर्दै आएका विकलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो ।
अस्पताल पुर्याउदा सम्म विकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।