काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४, बखुण्डोल निवासी सुदिप बजगाईंको हराएको मोटरसाईकल पनौतीमा प्रहरीले फेला पारेको छ । आफ्नै घर अगाडि पार्किङ गरी राखेको बजगार्ईको बा.७९.प. ७२२६ नम्बरको मोटरसाईकल गत भदौ ८ गतेका दिन चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी तथा डिएसपी दिपक गिरीका अनुसार उक्त मोटरसाईकल विहिबार (आज) पनौतीमा प्रहरीले फेला पारेको हो । मोटरसाईकल खोजतलास गर्ने गराउने क्रममा आज पनौती बसपार्कमा फेला पारी आजै सम्बन्धित धनी बजगाईलाई बुझाईएको डिएसपी गिरीले तेमाल अनलाईनलाई जानकारी दिए ।

Comments

comments