बनेपा । जिल्ला सहकारी संघ लि. काभ्रेले आज ग्रामिण क्षेत्रका १२ वटा सहकारीहरुलाई विभिन्न सामग्री वितरण गरेको छ । सहकारी बजार विकास कार्यक्रम सञ्चालन भएका ३ वटा नगरपालिकाका १२ वटा सहकारी संस्थाहरुका लागि कृषि सामग्री, स्टेशनरी तथा लजिष्टिक वितरण गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सि.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएकोे थियो ।
सामान वितरण गरिएको सहकारीहरुमा मण्डनदेउपुर नगरपालिका अन्र्तगतका नौबिसे कृषि सहकारी, अग्रसर महिला सहकारी संस्था लि., महानहित कृषि सहकारी स.स्था लि. तथा रसकमल कृषि सहकारी संस्था लि. रहेका छन् ।
त्यसैगरि धुलिखेल नगरपालिका अन्तर्गत जनउत्थान तरकारी उत्पादक सहकारी संस्था, कालिदेवि महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, शारदादेवी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था तथा जनजागृती तरकारी तथा फलफूल सहकारी संस्था रहेका छन् ।

त्यस्तै पाँचखाल नगरपालिका अन्तर्गत आवाद कृषि सहकारी संस्था, किटिनी कृषि सहकारी संस्था, प्रतिष्ठा कृषि सहकारी संस्था तथा जनचेतना कृषि सहकारी संस्था रहेका छन् ।
३ वटा नगरपालिकामा उक्त सहकारी संस्थाहरुलाई कार्यालय सहयोगका लागि आवश्यक सामग्री माग गरि जिल्ला सहकारी संघमा पठाए बमोजिम सहकारी बजार विकास कार्यक्रमको सहयोगमा उक्त सामग्रीहरु सहयोग गरिएको जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले कार्यक्रममा जानकारी दिएका थिए ।
स्थानीयस्तरमा रहेका किसान तथा उपभोक्ता बीच कायम भएको दुरी कम गरी सरल तथा शुलभ रुपमा स्थानीयमा उत्पादन भएका तरकारी तथा फलफूललाई बजारसम्मको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम जिल्ला सहकारी संघ लि मार्फत सञ्चालनमा रहेको छ ।
कृषि सहकारीहरु आफैमा बचत तथा ऋणको कारोबार कम हुने प्रकृतिको भएकोले उक्त सहकारीहरुमा क्षमता विकास, सचेतना तथा लेखा जस्ता बिषयहरु समेत अगाडि बढाउनुपर्दछ भन्ने मनशायले कार्यक्रमले यस्ता सहकारी संस्थामा आधारभूत सहकारी व्यवस्थापन तालिम, लेखा तालिम, तथा गोष्ठिहरु गर्दै जागरुक बनाउँदै आएको छ ।
कार्यक्रममा १२ एच पि को ठूलो ट्रयाक्टर १ थान, मिनि ट्रिलर १ थान, ईलेक्ट्रिक स्प्रे ७८ थान, अफिस दराज ४ थान, अफिस टेवल ५ थान, कुर्सि ३६ थान, कम्प्यूटर ४ थान, सबै सहकारी संस्थाहरुका लागि आवश्यक पर्ने सहकारीमा प्रयोग हुने खातापाता तथा कार्यालयलाई आवश्यक पर्ने विभिन्न स्टेशनरीका सामानहरु समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख के सी. जिल्ला सहकारी संघ लि ले कार्यक्रम मार्फत दीगो रुपमा संस्था सञ्चालन गर्नका लागि उपलब्ध गराएको सहयोगको उचित रुपमा संस्थाले पनि मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।
स्थानीय सहकारी संस्थामा उपलब्ध यस्ता सामानहरुको कार्यविधि बनाएर जतन सहित राख्नुपर्ने धारणा संघका अध्यक्ष पराजुलीले राखे ।
जिल्ला सहकारी संघ लि को प्रांगणमा सञ्चालित उक्त कार्यक्रम संघका सचिव दिलिप शर्माले सञ्चालन गरेका थिए ।

Comments

comments