रोशी काभ्रे ।अादिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष, समाजसेवी तथा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले अाफ्नो जन्मोत्सवको शुभ अवसर परि श्री महाकाली देवी कर्म दय प्रा विलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
रोशी गाउँपालिका वडा ९ पिन्थलीमा विक्रम संवत् २०३२ सालमा स्थापित गरिएको उक्त बिद्यालयलाई थोकरले आफ्नो जन्मोत्सवका अवसरमा शिक्षाले मान्छेलाई महान बनाउछ भन्ने बनाईलाई आत्मसात गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थोकरले बताउनु भयो ।
बिद्यालयको प्रत्येक कोठामा गर्मीको मौसममा विद्यार्थीलाई सहज होस् भनी उहाँले विद्यालयका प्रत्येक कक्षा कोठामा पंखाको पनि ब्यवस्था समेत गरि दिनुभएको छ।साथै शैक्षिक सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक रत्न बहादुर तामाङलाई हस्तान्तरण गरिएको हो । हाल दिन प्रतिदिन विद्यार्थी संख्या घट्दो रहेको छ जसको समाधानका लागि आफूले विभिन्न तवरबाट विद्यालयलाई सहयोग गर्ने अपेक्षाका साथ जन्म दिनको अवसरमा आफूले सहयोग गरेको अध्यक्ष थोकरले जानकारी दिनुभयो ।
यस्तै थोकरले आफ्नो जन्मोत्सवका अवसरमा नै मेरुदण्ड पीडित सिन्धुलीका सुरेन्द्र बमजनलाई उपचार सहयोग स्वरुप रु २१ हजार समेत प्रदान गरिएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















