बनेपा । काभ्रे ईट्टा उद्योग ब्यबसायी संघले नमोबुद्ध नगरपालिका वडा नं. २ र ३ मा रहेको ईटा भट्टा नरपालिकाले भत्काएको प्रति खेद प्रकट गरेको छ । संघले विहिबार बनेपामा एक पत्रकार सम्मेलन गर्दै भट्टा भत्काएको भन्दै खेद प्रकट गरेका हुन् ।
१० करोड क्षति भएको दाबी
काभ्रे ईट्टा उद्योग ब्यबसायी संघका अध्यक्ष जितेन्द्र खायमलीले भकुण्डेको ८ वटा इट्टा उद्योगको भौतिक संरचना माथि नगर प्रमुख आफै उपस्थित भई डोजर लगाउँनु निन्दनीय भएको बताएका छन् । उनका अनुसार उद्योगको संरचना ध्वस्त बनाउँदा करिब १० करोड भन्दा बढी क्षति भएको दावी गरेका छन् ।
नेकपा जिम्मेवार हुनुपर्ने
उद्योग हटाउनुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिम्मेवार हुनुपर्ने बताएका छन् । नेकपाबाट निर्वाचित जनप्रतिनिधि भएकोले यसको जिम्मा नेकपाले लिनुपर्ने संघका अध्यक्ष खायमलीले बताए । ‘नेकपाको उद्योगलाई हेर्ने दृष्टिकोण के हो ? नगर समिति, जिल्ला समिति वा अन्य तहको धारणा के हो ?’ उनले भने, ‘यसको सम्पूर्ण जिम्मेवारी नेकपा हुुनुपर्छ । किनकी नगर नेकपाको नेतृत्वमा छ ।’
उनले फरक पार्टीको व्यवसायी भएकै कारण पूर्वाग्रही रुपमा आफूहरुलाई हेरेको तर्क पेश गरे ।
क्षतिपूर्ति र मानसिक दवाब बन्द गर्न माग
पत्रकार सम्मेलनमा अध्यक्ष खायमलीले क्षतिपूर्ति माग गरेका छन् । नगरपालिका सबैको भएकोले नगरले क्षतिपूर्ति दिन नहुने बरु भत्काउन आदेश दिनेले क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे । ‘नगरपालिका त हामीसबैको साझा संस्था हो । नगरपालिकाले क्षतिपूर्ति किन दिने ?’ उनले भने, ‘जसले भत्काउन आदेश दिएको छ त्यसले क्षतिपूर्ति दिनुपर्ने बताए ।’ उनले नगर प्रमुख टिपी शर्मा प्रति ईंगित गर्दै सम्पूर्ण क्षतिपूर्ति जसको निर्देशनमा भएको छ उसैले व्यहोर्नुपर्छ ।
संझौता कार्यन्वयन गरेको –नगरपालिका
नमोबुद्ध नगरपालिकाले भने व्यवसायी र नगरपालिका बीचमा भएको संझौता कार्यन्वयन मात्र गरेको बताए । नगर प्रमुख टिपी शर्माका अनुसार नगरपालिकाले नीतिगत कुराको कार्यन्वयन गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।