अख्यितयारको कारबाहीमा पर्ने डले मालपोत र नापी कार्यालयमा कर्मचारी रित्तिन थालेका छन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार मालपोत कार्यालय र नापी विभागमा करिब ४० प्रतिशत कर्मचारीको अभाव देखिएको हो। रिक्त दरबन्दीमा कर्मचारी पठाउन मन्त्रालयले संघीय मन्त्रालयलाई पटकपटक दबाब दिएको छ तर संघीयले माग गरेअनुसार मालपोत र नापीमा कर्मचारी पठाउन सकेको छैन।
मालपोत र नापीमा सकेसम्म कर्मचारी आउन नचाहेको जनाउँदै भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रमुख नापी अधिकृतको ५९ दरबन्दीमा २९ दरबन्दी पूर्ति छ भने ३० दरबन्दी रिक्त छ। यसैगरी मालपोत अधिकृतको २ सय ४९ दरबन्दीमध्ये १ सय ७७ दरबन्दी पूर्ति छ भने ७२ दरबन्दी रिक्त छ। यसैगरी, १२ जना मालपोत अधिकृतको हाजिर नभएको मन्त्रालयले जनाएको छ।
यसैगरी मालापोतका नायब सुब्बाका ७सय ९४ दरबन्दीमध्ये ६ सय ९९ दरबन्दी पूर्ति छ भने ९५ दरबन्दी रिक्त छ। मालपोतका ८९ जना सुब्बाको हाजिर नभएको मन्त्रालयको भनाइ छ। मालपोतका खरिदारको ६ सय ४४ दरबन्दीमा १ सय ६१ दरबन्दी रिक्त छ। ९३ जना खरिदारको हाजिर नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नापीअन्तर्गत देशभर २ हजार ९ सय ९० दरबन्दीमध्ये ९ सय ३ दरबन्दी रिक्त छ। त्यसमध्ये २ हजार ७० दरबन्दीमा पदपूर्ति भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।