तेमाल गापा वडा नंं ६ को कार्यालयमा चोरी, हजारौं नगद चोरी
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ को कार्यालयमा चारी भएको छ । विहिबार (हिजो) राती चोरी भएको वडा अध्यक्ष विकु मोक्तानले जानकारी दिएको छ ।
वडा अध्यक्ष मोक्तानका अनुसार चोरले नगद ३३ हजार रुपैयाँ चोरेर लगेको छ । ‘चोरले वडा कार्यालय मुल ढोका फोरेर अफिस भित्र रहेको वडा सचिबको टेबुलको बाकस फोरी बाकसबाट रू २६ हजार ५ सय र वडा अध्यक्षको टेबुल बाकसबाट रू ६ हजार ५ सय लगेछ ।’ उनले भने, ‘शुक्रबार (आज) बिहान १० बजे मात्र हामीले थाहा पायौं ।’
वडा सचिव रामराज खरेल विहान कार्यालयमा पुग्दा तोडफोड गरेको भेटिएको थियो । घर्रा चेक गर्दा त्यसमा भएको सबै पैसा लगेको वडा अध्यक्ष मोक्तानले तेमाल अनलाईनलाई जानकारी दिए । चोरी भएको थाहा पाएपछि तुरुन्तै पचवारघाट प्रहरी चौकीमा उजुरी दिएका थिए ।
पचवारघाट प्रहरी चौकीका हवलदार रामजी राईका अनुसार घट्नाको अनुसन्धान भइरहेको तेमाल अनलाईनलाई जानकारी दिए । संकास्पद व्यक्तिहरुलाई निगरानीमा राखी अनुसन्धान भइरहेको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।