पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले किनेको दमकल अब सञ्चालनमा आउने भएको छ । अनुभवि प्रशिक्षकहरु मार्फत ६ दिन अग्नि निवारण तथा उद्धार अनुशिक्षण तालिम सञ्चालन पछि दमकल सञ्चालनमा आउने भएको हो ।
पाँचखाल नगरपाललिकाका वडा अध्यक्षहरुको लागि सवारी साधनको रुपमा मोटरसाईकल किन्न विनियोजन गरिएको बजेटबाट उक्त दमकल किनेको थियो । मोटरसाईकलको भन्दा पनि दमकलको आवश्यकता रहेकोले दमकल किन्ने निर्णय यस अघि नै नगर कार्यपालिकाले गरेको थियो ।

६ दिनसम्म सञ्चालन भएको उक्त तालिममा पाँचखाल वडा नं ३ मा रहेको सशस्त्र प्रहरी बल १५ नं गणले दिएको थियो । गणमा रहेका २४ प्रहरीलाई तालिम दिई दक्ष वनाइएको छ । २४ जना दक्ष जनशक्तिले पाँचखाल र आसपासको स्थानमा हुने आगलागि तथा बिपतमा सहयोग गर्ने भएका छन् ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा पाँचखाल नगरपालिकाको उप—प्रमुख लक्ष्मी दनुवारले दलकल खरिदको लागि सहयोग गर्ने वडा अध्यक्षहरुलाई धन्यवाद दिदै दमकल संञ्चालनमा सशस्त्र प्रहरीको सहयोगले पाँचखाल आसपासको स्थानमा घट्ने विपदमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । ‘आगलागिको कारण हुने धनजनको क्षति हुने कार्यमा सहयोग पुग्नेछ र सशस्त्र प्रहरीसँग हातेमालो गर्दै अगाडी बढ्ने छौं ।’

कार्यक्रममा सशस्त्र प्रहरी वल १५ नं गणका गणपति एस.पि पुरुषोत्तम थापाले पाँचखाल नगरपालिका र सशस्त्र प्रहरी १५ नं गण समक्ष वारुण यन्त्र संञ्चालनको बिषयमा सम्झौता गरी अगाडी बढ्ने बताए ।
पाँचखाल नगरपालिका भित्रका वडा अध्यक्षहरुले आफूले पाएको सुविधाबाट दमकल किनेपछि सर्वत्र प्रसंसा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।