लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ
काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ९ बाट लागु औषध र नगद सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुबाट लागु औषध र नगद साढे ९६ हजार रुपैयाँ समेत बरामत गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहूमा पोखरा महानगरपालिका–१० रामबजार बस्ने वर्ष ४६ का सुवास गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ ताघ्रिङ घर भई पोखरा–११ रानीपौवा बस्ने वर्ष २१ का युवराज गुरुङ र सोही स्थानका वर्ष २२ की आशा गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार पोखरा–९ महेन्द्रपुलमा खटिएको प्रहरी टोलीले ग १ च ४८६५ नम्बरको कारलाई शंका लागेपछि जाँच गर्ने क्रममा चालक सुवासको साथबाट प्रहरीले नाईट्रोभ्याट १० लेखिएको ट्याबलेट १२० चक्की र ९६ हजार ४ सय ५० रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ

Comments

comments