मण्डनदेउपुर । नेपाल आदिवासी जनजाति महासंघ मण्डनदेउपुर नगर समन्वय समिति गठन गरेको छ । शनिबार (आज) भएकोले भेलाले महासंघको नगर समन्वय समिति गठन गरेको हो ।
भेलाले अध्यक्षमा लालबहादुर तामाङ, उपाध्यक्षमा नारायण माझी, सचीवमा कृष्णकुमारी दनुवार, कोषध्यक्षमा मुना गुरुङ सदस्यहरुमा श्याम कृष्ण भुजेल, जमान सि तामाङ, सानुकान्छा दनुवार, कर्ण बहादुर गुरुङ, प्रदिप माझी, कुबेर थापामगर, गोबिन्दकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सरस्वती तामाङ रहेका छन् ।
भेलामा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ काभ्रेका अध्यक्ष गोपाल कृष्ण दनुवार अतिथिहरुमा महासंघका सचिव राजकुमार तामाङ, नेपाल तामाङ घेदुङ, काभ्रेका उपाध्यक्ष पञ्चलाल घिसिङ र घेदुङ जिल्ला सह–सचिव दावा तामाङ रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















