ललितपुर । संघीय समाजवादी फोराम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि प्रदेश ३ मा एकता सम्पन्न भएको छ । आज (शनिबार) ललितपुरमा भएको पार्टीको भोलाले समाजवादी पार्टी प्रदेश ३ को अध्यक्षमा सोनामसिंह स्याङ्तानलाई चयन गरेको छ ।
साविकको दुवै दलको प्रदेश ३ को समिति समायोजन गरी स्याङ्तनलाई अध्यक्ष बनाइएको हो ।
एकता प्रक्रियालाई अगाडि बढाउने क्रममा ५ जना उपाध्यक्षको व्यवस्था गरेको छ । जसअनुसार उपाध्यक्षरुमा न्हुच्छेलाल महर्जन, विद्युत बज्रचार्य, मञ्जु अन्सारी, बन्दना सुवेदी र राजु नेपाल रहेका छन् ।
त्यसैगरि भेलाले मुख्यसचिबमा मदन बराईली, सचिवमा सन्तोष सिलवाल, मानुषि यमी भट्टराई, एक बहादुर र कोषाध्यक्षमा ईन्द्र गोले तामाङ छन् ।
विभिन्न जातिय संस्थाहरुको नेतृत्व समेत टुंग्याइयो
कार्यक्रममा कृष्णकुमार घलानको अध्यक्षतामा ताम्लालिङ राष्ट्रिय समिति, मनरत्न शाक्यको अध्यक्षतामा नेवा राष्ट्रिय समिति, दावाछिरी शेर्पाको अध्यक्षतामा शेर्पालुङ समन्वय समिति, दलमर्दन कामीको अध्यक्षतामा दलित (शिल्पी) विशेष प्रदेश समिति समेत घोषणा गरिएको छ ।
ताम्सालिङ राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति लगायत पहिचानजन्य समितिहरुलाई समाजवादी पार्टीको प्रदेश समिति अन्तर्गत नै राखिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।