दुध लोप्चन,

दक्षिण कोरिया ।  एनआरएन दक्षिण कोरियाको जेजु शाखाको प्रथम क्षेत्रीय अधिवेशनबाट कोमल प्याकुरेल अध्यक्षमा निर्वाचित भएको छ ।

दक्षिण कोरियाको पर्याटकीय ठाउँ जेजुमा सुभद्रा पालुङ्पा लिम्बुको संयोजक, एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङको प्रमुख अतिथी, अतिथीमा समाजसेवी यज्ञराज सुवेदी लगायतको उपस्थितीमा अगष्ट ३१ शनिवार सम्पन्न भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा प्रकाश पोखरेल, अर्जुन तुम्बापो, सचिबमा सुमान हाङसोङ्ग, सहसचिबमा प्रकाश अर्याल, कोषाध्यक्षमा सुमन  हेम्ब्या र सदस्यहरूमा खगेन्द्र सापकोटा, लक्ष्मण गुरूङ र श्याम गुरूङ निर्वाचित भएका छन् ।

गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको सातौं अधिवेशन आगामी सेप्टेम्बरको २१ र २२ मा हुन गइरहेको छ । एनआरएन दक्षिण कोरियाको बर्ष २०१९-२०२१ कार्यकालको लागि क्षेत्रीय र केन्द्रिय अधिवेशन हो ।

एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनहरूबाट अध्यक्षमा ख्याङ्साङ क्षेत्रबाट बेलमान थापा र ख्याङगी इन्छन  क्षेत्रबाट लक्ष्मी खरेल सर्वसहमतिले निर्वाचित भैसकेका छन् । छन्लाको क्षेत्रीय अधिवेशन पनि छिट्टै हुने एनआरएन दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङले बताउनुभयो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।