सिन्धुली । जिल्लाको घ्याङलेक गाउँपालिका वडा नम्बर ५ मा जंगली बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साविकको शान्तेश्वरी गाउँ विकास समिति वडा नम्बर ३ घिसिङ टोल (बगरटोल) का ३५ वर्षीय कृष्णबहादुर घिसिङ रहेका छन् ।
घ्याङ्लेक गाउँपालिका–५ का वडा अध्यक्ष विष्णु कर्माचार्यका अनुसार, शनिबार साँझ छ बजे भएको सो घटनामा परी मृत्यु भएका घिसिङको पोष्टमार्टमका लागि आइतबार सिन्धुली पठाइएको छ । ‘गाउँलेले लखेटेर भाग्दै आएको बँदेलको आक्रमणमा घिसिङ परेछन् ।’ अध्यक्ष कर्माचार्यले बताए ।
घिसिङको घटनास्थलमा नै मृत्यु भएको थियो । उनको दाहिने हात, छाती र करङ क्षतविक्षत भएको वडा अध्यक्ष कर्माचार्यले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।