काभ्रे । संघीय संरचना अनुसार पार्टी कमिटि निर्माण गर्ने क्रममा नेपाली काँग्रेस काभ्रेले दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा सभापतिहरु तोएिको छ । १४ औं महाधिवेशन तयारीको लागि भन्दै काँग्रेसले देशै भरि प्रतिनिधि सभा क्षेत्रको सभापति तोक्ने क्रममा काभ्रेमा पनि तोकिएको हो ।
काँग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाका अनुसार केन्द्रको निर्देशिका अनुसार प्रनिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा सभासद समेत रहेका तीर्थ लामालाई तोकिएको छ भने प्रनिनिधि सभा क्षेत्र नं. २ मा पूर्व राज्यमन्त्री तथा सभासद कञ्चनचन्द्र वादेलाई तोकिएको छ । नयाँ संरचना अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिमा लामा र २ मा वादेलाई तोकिएको हो ।
‘केन्द्रिय समितिको बैठकले जारी गरेको निर्देशिका अनुसार नै उहाँहरुलाई सभापति तोकिएको हो ।’ सचिव लामाले भने, ‘पार्टीको १४ औं महाधिवेशनको तीव्र तयारीको लागि अन्तरिम संरचना बनाउने पार्टीको निर्णय अनुसार उहाँहरुलाई जिम्मेवारी दिएको छ ।
काँग्रेसको निर्णयः नेतृत्वमा ‘सिनियर’लाई
पार्टी केन्द्रको बैठकले ‘सिनियर’ क्षेत्रिय सभापतिहरु मध्यबाट प्रतिनिधि सभा क्षेत्रको सभापति बनाउनुपर्ने निर्देशिका बनाए अनुसार उनीहरुलाई सभापतिको जिम्मेवारी पाएको सचिव लामाले तेमाल अनलाईनलाई जानकारी दिए । काभ्रेमा ४ सभापति मध्य लामा र वादे ‘सिनियर’ सभापतिमा परेका हुन् । क्षेत्रि सभापति महेश खरेल र अर्का सभापति रमेश हुमागाईं भने लामा र वादे भन्दा ‘जुनियर’ नेताको रुपमा रहेकाले सभापति हुन पाएनन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा लामा भन्दा हुमागईं ‘सिनियर’ भएपनि सदस्यता संख्या हुमागाईंको क्षेत्रमा कम भएकोले लामाले नै नेतृत्वमा चौका मारेको बताईन्छ । दुवैजना दुई कार्यकाल क्षेत्रि सभापति भएपनि सदस्यता संख्या कम भएपछि हुमागाईं सभापति हुन योग्य भएनन् ।
यो अन्तरिम संरचना भएकोले उहाँहरुलाई नेतृत्व स्वीकार गरेको र पार्टी भित्र कुनै पनि खालको अन्तरविरोध नभएको जिल्ला सचिव लामाले तेमाल अनलाईनलाई बताए । ‘यो अन्तरिम संरचना हो । ६ महिना भित्र महाधिवेशन तोकी सक्ने भन्ने केन्द्रीय समितिको निर्णय रहेको छ ।’ लामाले भने, ‘आ–आफ्नो क्षेत्रमा १४ औं महाधिवेशनको तयारी गर्न पार्टीले उहाँहरुलाई नेतृत्व दिएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















