सुनिता दाङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराकमा रहेका नेपालीहरुले मृगौला पिडित उर्मिला तामाङलाई आर्थिक सहयोग गरेको छ । विगत २ वर्षदेखि मृगौला पिडित तामाङलाई इराकबाट पठाएको आर्थिक मंगलबार हस्तान्तरण गरिएको हो ।
मृगौला पिडित तामाङको लागि तेमाल अनलाईनका इराक प्रतिनिधि सुनिता दोङको पहलमा आर्थिक जुटेको थियो । रकम सहयोग गर्नेमा इराक कुर्दिस्तान सुलेमानि एककृत चर्चले १० हजार र सुनिता दोङ तामाङ, सुक बहादुर तामाङ र सोम मोक्त्तानबाट १० हजार रूपैयाँ रकम संकलन भएको थियो । उक्त रकम तेमाल अनलाईनका प्रधान सम्पादक ग्याम्जो लामाले हस्तान्तरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।