बौद्ध । प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभा आइतबार बौद्ध कल्याण गुठी फुलबारीमा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ ।
नयाँ कार्य समिति राजन कुमार थोकरको अध्यक्षतामा १३ सदस्यीय रहेको छ । जसको उपध्यक्षमा खेल बहादुर लामा, महासचिवमा रोज बहादुर तामाङ (च्याङ्वा), सचिवमा सन्जली घिसिङ, कोषध्यक्षमा राजु लामा, सदस्यमा जित लाल तामाङ, सदस्यहरुमा देवेन्द्र कुमार लामा , चेङ शेर्पा, शर्मीला तामाङ, लवाङ डोल्मो लामा, फूलमाया लामा, रोजीना योञ्जन , पर्वती तामाङ रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिमा टुल्कु लोसाङ नम्ग्याल रेन्पोछे, विशेष अतिथिहरुमा वरिष्ठ समाजसेवी जयमंगल लामा, बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, बौद्ध तामाङ कल्यण गुठीका अध्यक्ष खडकजीत लामा, बौद्ध सामुदायीक सेवा समितिका अध्यक्ष विर बहादुर वाईवा, वरिष्ठ समाजसेवी धर्मकाजी लामा वरिष्ठ समाजसेवी रत्नवज्र लामा रहेका थिए । त्यसैगरि कार्यक्रमको अतिथिहरुमा
धर्मगुरु कर्मसिदि लामा, श्रद्धेय धर्मगुरु आचार्य सर्वजीत गोङ्वा वरिष्ठ समाज सेवी श्री लाक्पा ठिन्ले शोर्पा, वरिष्ठ थाङ्क व्यवासायी विनोद योञ्जन लामा, लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रमको संचालन सस्थाका सचिव कृष्ण कुमार थोकरले गरेका थिए भने स्वगात मनतव्य सस्थाका उपध्यक्ष राजन कुमार थोकरले गरेका थिए ।
त्यसैगरि कार्यक्रममा वरिष्ठ थाङ्क व्यवासायी विनोद योञ्जन लामा, वरिष्ठ समाज सेवी लाक्पा ठिन्ले शोर्पा, बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा वरिष्ठ समाजसेवी जयमंगल लामाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य समेत राखेका थिए ।
बन्दशत्रमा संस्थाको प्रगाति विवरण महासचिव खेल बहादुर लामाले र आर्थिक विवरण कोषध्यक्ष पेण्ढो शेर्पाले प्रस्तुत गरेका थिए ।
निर्वाचनको लागि प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) चुडादेव सिंह लामाको नेतृत्वमा निर्वाचन अधिकृत धावा वाङ्गेल मोक्तान र मदन लामा रहेका थिए । नया निर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमण पत्र संगै प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) चुडादेव सिंह लामाले सपाथ ग्रहण गराएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















