काभ्रे । यतिखेर ब्लड क्यान्सर पिडित नवाङ मोक्तान बचाऔं अभियान तिब्र रुपमा चलिरहेको छ । देश विदेशबाट सहयोग गर्ने क्रम जारी नै छ ।

काभ्रेको महाभारत गाउँपालिका–१ छोटेसाहनका १५ बर्ष कक्षा १० मा अघ्ययनरत नवाङलाई सबैतिरबाट सहयोग जुटी रहेको नवाङ मोक्तान बचाऔं अभियानका अभियान्त रेशम योञ्जनले तेमाल अनलाईनलाई बताए ।
नवाङलाई उपचारको लागि करिब १२ देखि १६ लाख रुपैयाँ रकम जम्मा भए उनले नयाँ जीवन पाउने छ । यसै क्रममा उज्यालो समाज नेपालबाट शनिवार एक कार्यक्रम गरी नवाङ मोक्तानलाई सहयोग जुटेको रकम हस्तान्तरण गरेको छ । माहाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा र तामाङ कलाकार संघको केन्द्रिय अध्यक्षसंजिव वाइवाको उपस्थितीमा २९ हजार ८ सय ५ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

रोजगारीको सिलसिलामा हाल मलेसिया रही महाभारत–१ छोटेसाहनका छ्योईगु वाईवा बाट रु १५ हजार ५ रुपैयाँ, सिन्धुली हरिहरपुर गढी गाउँपालिका सतिघाट की हाल मलेसिया रहेकी संगिता लामा हिम्दोङबाट रु ९ हजार ५८, रौतहट चन्द्रपुर नपा पौराही हाल मलेसिया रहेका शेराप गोले बाट रु.५ हजार ४, पिडित नवाङ मोक्तानका गाउँ गोकुले छोटेसाहनबाट संकलित रकम रु.३२ हजार ५ सय, बौंद्धको लामा टोस्नाम्गेल ईन्द्र लामा बाट रु १५ हजार र अन्य संकलन ९ हजार, राधे राधेमा संकलित रकम रु ६ हजार ४ सय ८५ रुपैयाँ, धुलिखेल नगरवाट संकलित रकम रु.६५ सय, प्रेम लामाबाट रु २ हजार, गरी जम्मा १ लाख ३० हजार ३ सय ५७ रुपैयाँ रहेको छ । उक्त रकम नवाङ मोक्तान बचाउ अभियान समितिको नाममा रहेको खातामा जम्मा भएको अभियान्त रेशम योञ्जनले जानकारी दिए ।
आजसम्म नवाङलाई बचाउन संकलन गरेको रकम ५ लाख ९० हजार पुगेको योञ्जनले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















