हेटौंडा । मकवानपुर जिल्ला हेटौंडा–११ बाट सुन र चाँदीका गरगहना चोर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १३ गते राति करिब ३ बजे हेटौंडा–११, थानाभञ्याङ बस्ने उमेशकुमार मुक्तानको घरबाट सुन र चाँदीका गरगहना चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो करिब ४ बजे हेटौंडा–११ स्थित सडकखण्डमा शंकास्पद्रुपमा हिँडीरहेका मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० का आत्माराम तामाङलाई चेक गर्दा उनले चोरी गरी लुकाएका विभिन्न स्थानबाट चोरी भएका गरगहना फेला परेका छन् ।
प्रहरीका अनुसार उनको साथबाट सुनको सिक्री १ थान, सुनको रिङ ४ थान, सुनको फुली १ थान, सुनको पोतेसहित मंगलसूत्र १ थान, सुनको तिलहरी १ थान, सुनको झुम्का १ जोर, चाँदीको बाला २ थान, चाँदीको सिक्री १ थान, चाँदीको बालाका टुक्रा २ थान बरामत भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















