नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाल आदिवासी जनजाति महासंघको गाउँभेला सम्पन्न भएको छ । आज सम्पन्न भेलाले नगर समन्वय समिति समेत गठन गरेको छ ।
भेलाले कृष्ण कुमार लामाको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १५ सदस्यीय नगर समन्वय समिति गठन गरेको छ।
समितिमा निमा डोल्मा लामा– उपाध्यक्ष, मानकाजी श्रेष्ठ– सचिव, छेडुप तामाङ – सहसचिव, प्रनिशा पुलामीमगर– कोषाध्यक्ष,बुद्धिमान तामाङ– सदस्य, पेमा माया तामाङ – सदस्य, कर्साङ तामाङ – सदस्य, संगिता लुङ्गेलीमगर – सदस्य, हरेराम श्रेष्ठ– सदस्य िराम बहादुर भुजेल– सदस्य
दिनेश लामा – सदस्य, समिर श्रेष्ठ – सदस्य रहेका छन् ।
नमोबुद्ध नगर सभाहलमा सम्पन्न भेलासी.एस.लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।