बनेपा । नेपाल आदिवासी जनजाती महासंघ बनेपा नगरको भेला सम्पन्न भएको छ । भेला आज जनजाती महासंघको भवनमा सप्पन्न भएको हो ।
भेलाले मोहन कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बनेपा नगर समन्वय परिषद गठन गरेको छ ।
समितिमा उपाध्यक्षहरु लक्ष्मी जर्का, नरेन्द्र लामा, राजेन्द्र भुजेल, सचिव रजन कुमारी श्रेष्ठ, कोषाध्यक्ष ऋषिराम सारु मगर, सह-सचिवहरु दिल बहादुर भुजेल, सम्भु गुरुङ र कृष्ण तामाङ, सदस्यहरु मुना श्रेष्ठ, बिशाल तामाङ, गुणराम भुजेल रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथी महासंघका जिल्ला उपाध्यक्ष ज्ञान बहादुर भुजेल र अतिथिहरुमा नेपाल तामाङ घेदुङका संघीय सदस्य डिल बहादुर थोकर ग्याम्जो, घुदुङ प्रदेश ३ का उपाध्यक्ष जित बहादुर तामाङ, घेदुङ जिल्ला अध्यक्ष फुर्साङ तामाङ, भुजेल समाजका जिल्ला अध्यक्ष प्रेमबहादुर भुजेल, गुरुङ संघका जिल्ला अध्यक्ष कुलबहादुर गुरुङ, मगर संघ प्रदेश ३ का मुख्य सचिव देव लाल स्माली मगर रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















