तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । मंगोल नेशनल अर्गनाइजेशन प्रवास शाखा दक्षिण कोरियाको आयोजनामा “मंगोल राष्ट्रवाद” सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम आगामी सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरियाको दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा गर्ने मंगोल नेशनल अर्गनाइजेशन प्रवास शाखा दक्षिण कोरियाका सचिव अचम्मा लामाले बताउनुभयो ।

कार्यक्रम बिहान ९ बजेदेखि १२ बजेसम्म हुनेछ । ” ११ औं शताब्दी अहिन्दु मूलबासी मंगोल मुक्तिको शताब्दी हो ।लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीय सरकार’ को मुद्दाको पक्षमा आवाज उठाइएको संगठन हो ।

प्रशिक्षण कार्यक्रमा कोरियामा छरिएर रहनुभएका सम्पूर्ण मंगोल दाजुभाई दिदीबहीनीहरु (राज्यले आदिवासी जनजाति भनि नामकरण गरिएका राई, लिम्बु, तामाङ, मगर, नेवार, गुरुङ, थारु, कोचे, मेचे, धिमाल, शेर्पा लगायत दलित भनि नामकरण गरिएका समुदायहरु) सम्पूर्ण उपस्थित भई कार्यक्रमलाई सब्य र भब्यरुपमा सफल पार्नको निमित्त सहभागिताका लागि सचिव लामाले हार्दिक अपिलसमेत गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।