पाँचखाल । नेपाल आदिवासी जनजाति महासंघ, पाँचखाल नगरको भेला सम्पन्न भएको छ । भेलाले पृतिमान तामाङको अध्यक्षतामा ११ सदस्यीय नगर समन्वय परिषद् गठन गरेको छ ।
जसको उपाध्यक्षहरुमा ज्ञान बहादुर भुजेल, हरिकृष्ण श्रेष्ठ, सचीवमा राजु दनुवार, कोषाध्यक्षमा मङल कुमारी थापामगर, सदस्यहरुमा इन्द्र बहादुर तामाङ, भारत भुजेल, बलराम दनुवार, राम बहादुर थापामगर, रमेश श्रेष्ठ र कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।
भेला महासंघको जिल्ला सचिव राजकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

रोशीमा पनि गठन

नेपाल आदिवासी जनजाति महासंघ रोशी गाउँ भेला सम्पन्न भएको छ । भेलाले मुना थापा मगरको अध्यक्षतामा कार्य समिति समेत चयन गरेको छ ।
भेलाले सह–संयोजकमा खड्ग राज ल्बोन तामाङ, सदस्यहरुमा चन्द्रमाया तामाङ, कान्छाकाजी तामाङ, रुपेश भुजेल, बिनोद कुमार सिदाली मगर, दोबेन्द्र लाल श्रेष्ठ, ज्ञान काजी कायस्थ, मणि बहादुर राना मगर रहेका छन् ।
भेला जिल्ला समन्वय परिषद्का सदस्य अम्बर बहादुर आले मगरको प्रमुख अतिथ्यतामा भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।