काठमाडौं । सर्वोच्च अदालतले एनसेलको फैसला उल्टाएपछि संघर्षमा उत्रिएको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) मेचीदेखि महाकालीसम्म देशभरी मशाल जुलुस प्रदर्शन गरेको छ।
घोषित कार्यक्रम अनुसार बिहीबार साँझ नेकपाका कार्यकर्ताहरूले चितवन, नवलपुर, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत देशभरी जिल्लाहरूमा मशाल जुलुस प्रदर्शन गरेका छन् । यही भदौ ९ गते सर्वोच्च अदालतको पूर्णइजलासले एनसेललाई ठूला करदाता कार्यालयले निर्धारण गरेको मध्ये झण्डै १८ अर्ब तिर्न नपर्ने फैसला गरेपछि फैसलाविरुद्ध सो पार्टीका महासचिव विप्लवले भदौ १४ एक प्रेस विज्ञप्ति जारी गरेर चरणवद्ध कार्यक्रमहरु घोषणा गरेका थिए ।
नेकपाले घोषत कार्यक्रम अनुसार मंगलबार देशभर फैसलामा संलग्न न्यायाधीशहरुको पुत्ला दहन गरिसकेको छ । देशभर एनसेल करछली विरुद्ध र न्यायाधीशहरुको निर्णयको विरोधमा मशाल जलुस निकालेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।