महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ८ घर्तिछाप स्थित धाराभञ्ज्याङमा आगलागी बाट २ घर जलेर नष्ट भएको छ । आज साँझ ६ बजेदेखि लागेको उक्त आगो अझैनियन्त्रणमा लिन सकेको छैन ।
गाउँबाट अलि टाढा एकान्तमा रहेको उक्त घरमा आगो लागेपछि स्थानीय समेत त्यसठाउँमा जान नसकेको स्थानीय विजय मगरले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।
जलेर नष्ट भएको घरहरु स्थानीय भेष बहादुर दलाईमी र कुलबहादुर दर्लामीको रहेको मगरले जानकारी दिए । एकान्त पाखामा भएकोले कसैलाई हार गुहार गर्न नपाएको उनले बताए । क्षति के कति भयो एकीन गर्न नसक्ने उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















