पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिकामा नेपाल आदिवासी जनजाती महासंघको नगर भेला सम्पन्न भएको छ । भेलाले बुद्ध तामाङको अध्यक्षतामा नगर समन्वय परिषद् गठन भएको छ ।
भेलाले उपाध्यक्षहरुमा निरज दुवाल उमेश पहरी, सचिवमा भबानी श्रेष्ठ, कोषाध्यक्षमा, माधब नारायण प्रजापति र सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठm बुद्ध लामा, सनिल भुजेल, कपिल भुजेल, प्रशान्त कर्मचार्य, लोक बहादुर मगर र जनक गुरुङलाई चयन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















