पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ ।
भाद्र २० गते प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाको लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ, नेपाल वीच त्रिपक्षीय सम्झौता भएको छ । नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासंघ ,नेपालका अध्यक्ष शारदा रिजाल विचमा त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता अनुसार पाँचखाल नगरपालिका वडा नं ७ मा प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकास गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको उल्नेख छ । प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापना र विकासको लागि पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्रामको संचालन र व्यवस्थापनमा सहयोग र सहकार्य गर्दै अघिबढ्ने तथा व्यवसायिक स्रोत, साधन र अभ्यासको विकास र उपयोगिताबाट एक अर्काको सबलता, अनुभव र स्रोतको प्रयोगबाट साझेदारी ढाँचामा संरचना बनाई सामुहिक क्रियाकलाप गर्दै सबैको हिततर्फ अग्रसर हुने उदेश्यले सम्झौता भएको पाँचखाल नगरपालिकाले जनाएको छ । औद्योगिक ग्राम स्थापना र विकासको लागि
पाँचखाल नगरपालिका वडा नं ७ को कित्ता नं ८९, ९० र ११३ गरी जम्मा १२.३ एकड (९८ रोपनी) जग्गा २५ वर्षको लागि उपलब्ध गराउने सम्झौतापत्रमा उल्नेख छ ।
सम्झौतापत्रमा औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा संघीय तथा प्रदेश सरकार तथा अन्य निकायबाटहुने आवश्यक सहयोग र अनुदान लिइनेछ । यसको लागि नगरपालिकाले आवश्यक सहजीकरणगरिदिने, नगरपालिकाले आवश्यकता अनुसार औद्योगिक ग्रामको विकास, सञ्चालन र व्यवस्थापनको कार्यमा सहयोग गर्ने, औद्योगिक ग्राम क्षेत्र भित्रको जग्गाउद्योगहरुको स्थापना, सञ्चालन र विकासको लागि मात्र उपयोग गर्नुपर्ने, औद्योगिक ग्रामको जग्गा जमिन लगायतको सम्पूर्ण सम्पत्तीको प्रयोग, व्यवस्थापन र संरक्षण गर्न नगरपालिकाले आवश्यकता बमोजिम सहयोग गर्ने, औद्योगिक ग्रामको कारण आसपासको वातावरण, मानव जीवनतथा भौतिक विकास निर्माणका कार्यमा असर पर्न दिइनेछैन, औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइनेछ उल्नेख छ ।
सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम पाँचखालमा स्थापना गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । उनले सबैको पहलमा यो उद्योग स्थापना हुन लागेको बताउँदै यसलाई पाँचखालको अवसरको रुपमा दिनुपर्ने बताउनुभयो । कार्यक्रममा दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले यो कार्यक्रमले महिला उद्यमशिलताको विकास र आर्थिक शसक्तिकरणको लागि सहयोग पुग्ने बताईन् ।
नेपालमै पहिलोपटक स्थापना हुन लागेको उद्योग महिला केन्द्रीत तथा कृषिलाई केन्द्रीत बनाएर सञ्चालन हुनेछ । महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले नेपालमा आर्थिक योगदानमा महिला उद्यमीहरुको पनि भूमिका रहेकोले महिलाहरुलाई नै समटेर प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम स्थापनामा जोड दिईएको बताईन ।
सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारी, नगरका वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, वडा नं १ का वडा अध्यक्ष अष्टबहादुर लामा, वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा,लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।