सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपाली महिलाहरुको आयोजनामा दरखाने कार्यक्रम भव्यताका साथ सम्पन्नभ उको छ । कार्यक्रम नेपाल महिला समाज कुर्दिस्तान सुलेमानीले गरेको हो ।

‘नेपाली नारीहरुको महान चाड तीज हाम्रो विशेषता, हरेक नारीको सुख दुःखमा महिला समज एकता’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रममा इराकमा कार्यरत नेपालीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम आर्यन मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा कुर्दिस्तान प्रवासी नेपाली सामज कमल तामाङ वाइबा, नेपाल तामाङ गेतुङ इराकका बिजय हिम्रुङ, पबासी नेपाली एकता सामजका नबिन कुमार लामा, हिमालयन शेर्पा युनिक ग्रुपका थिलेन शेर्पा कलाकार कान्छा लामा रहेको थिए ।

अन्य अतिथिहरुमा नेपाली महिला समाज कुर्दिस्तान इराक अध्यक्ष सानू सेर्पा, पुर्ब अध्यक्ष राजीव थिङ लगायतका रहेका थिए । कार्यक्रमको संयोजन फुर्किमा शेर्पाले गरेकी थिइन् भने सञ्चालन डोल्मा शेर्पाले गरेकी थिइन् । कार्यक्रममा दर खाने र तीजका गीतमा नाचेका थिए ।

























