नेपाल टेलिकमले सेवाग्राहीलाई थप सेवा उपलब्ध गराउन उद्देश्यले ‘फोर जी’ र ‘एलटिई’ प्रविधि क्षमता वृद्धि गर्ने भएको छ । राति साढे ११ बजेदेखि प्रविधि क्षमता वृद्धि गर्ने भएकाले जि।एस।एम मोबाइल फोनमा केही समस्या हुने टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले शनिबार रातिदेखि प्रविधिमा थप क्षमता वृद्धि गर्ने भएकाले सेवा अवरुद्ध हुने जनाएको छ । सेवाग्राहीलाई समस्या भए फोनको ‘स्विच अफ’ गरी पुनः ुअनु गर्न टेलिकमले आग्रह गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















