कुमार मोक्तान
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देविलाल भण्डारी निर्बाचित भएका छन् ।
एनआरएनए जापानको नवौ महाधिवेशनसँगै नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्दि बर्तमान अध्यक्ष टाशी वाङ्दी लामालाई ३४ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ५सय ८५, लामाले ५ सय ५३ मत पाएका थिए । अध्यक्षका अन्य २ प्रत्यासी शिव प्रसाद पौडेलले २ सय ४० मत र दिनेश गुरुङले २ सय ३३ मत प्राप्त गरेका थिए ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्बाचित भएकी छिन् भने महासचिबमा जनक बिक्रम शाही, सचिबमा सचिन श्रेष्ठ र युवा संयोजकमा राम थापा निर्बाचित भएका छन् ।
सदस्यहरुमा राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबू थापा र जिन कुमार गुरुङ निर्बाचित भएका छन् । यस अघि नै केहि पदहरुमा भने निर्विरोध निर्बाचित भईसकेको थियो ।

Comments

comments