तेमाल । काभ्रेको तेमाल गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको छ । आइतबार अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा तेमाललाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

तेमालको कुल जनसंख्याको ९५.९७ प्रतिशत जनसंख्या साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । गाउँपालिकाको तथ्यांक अनुसार तेमालमा १२ हजार १ सय २९ महिला र १० हजार ५ सय ८३ गरी जम्मा २२ हजार ७ सय १२ जनसंख्या रहेको छ । तेमालमा बसोबास गर्ने कुल जनसंख्याको ४.०३ प्रतिशत अर्थात ९१५ जना साक्षर हुन बाँकी रहेका छन् ।

‘तेमालको शानस् पूर्ण साक्षर गाउँ ,हाम्रो पहिचान !’ भन्ने मूल नाराका तेमाललाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सी.ले साक्षर गाउँपालिका घोषणा गरेका थिए ।
कुन वडा कति साक्षर ?
तेमाल गाउँपालिकामा सबैभन्दा बढी साक्षर शतप्रतिसत साक्षर रहेको वडा वडा नं. ७ रहेको छ भने सबैभन्दा कम साक्षर वडा वडा नं. ३ रहेको छ ।
यस्तो छ तथ्यांकः
१.सस्र्यंखर्क ९५.९४ प्रतिशत
२.सरमथली ७२.९२५ प्रतिशत
३.बोल्दे फेदिचे ९७.११ प्रतिशत
४.पोखरी नारायणस्थान ९५.९३प्रतिशत
५.ठूलोर्सेल ९७.०९ प्रतिशत
६.कुरूवा चापाखोरी १०० प्रतिशत
७.मेच्छे ९२.६२ प्रतिशत
यसरी कुल साक्षरता प्रतिशत ९५.९७ प्रतिशत कायम रहेको छ ।

गाउँपालिका अध्यक्ष सलाम सिं तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तेमाल शिक्षा शाखा प्रमुख भोज कुमार ठकुरीले गरेका थिए भन स्वागत उपाध्यक्ष दुर्गा माया तामाङले गरेका थिए । त्यसैगरि साक्षर गाउँपालिका घोषणा प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले वाचन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।