काठमाडौं । नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका बुबा यमप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो । आचार्यका पिता लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख कृष्णबहादुर महरालगायतका नेता, पत्रकारलगायत अन्त्येष्टिमा सहभागी थिए ।
स्वर्गीय आचार्य
त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटर मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्ः
‘नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यका पिता यामप्रसाद आचार्यको निधनको खबरले दुःख लागेको छ । दिवंगत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

Comments

comments