काभ्रे । जिल्लाको बनेपामा स्थापना भएको बनेपा ब्वाइज क्लब (विविसी)ले बनेपामा तेस्रो व्यापारीक, साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव २०७६’को आयोजना गर्ने भएको छ । आइतबार क्लबले बनेपामा एक पत्रकार सम्मेलन गर्दै महोत्सव हुने जानकारी दिएको हो ।
क्लबका अनुसार ‘हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथ आगामी असोज ६ गतेदेखि १६ गतेसम्म महोत्सव हुने भएको छ । हिन्दुु धर्मोलम्बीहरुको चाड वडा दशैंको अवसर पारेर गर्न लागेको उक्त महोत्सवमा कृषि, घरेलु सामग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल समेत रहनेछन् ।
त्यसैगरि महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको व्यवस्था, प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकारहरुको विशेष प्रस्तुति, नृत्य प्रतियोगिता, मिनी फूटबल प्रतियोगिता, महिला भलिबल प्रयोगिताको समेत आयोजना गरिने महोत्सव मूल आयोजक समितिका अध्यक्ष महेश कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।