मण्डनदेउपुर । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । आईतबार सम्पन्न एक कार्यक्रमकाबीच विद्यार्थीदेखी स्रोतव्यक्तिसम्मलाई सम्मान गरेको हो ।
कार्यक्रममा पूर्व सभासद कृष्णप्रसाद सापकोटाले मण्डनदेउपुर नगरपालिकाले शिक्षा क्षेत्रमा देखाएको संवेदनशिलताप्रति प्रशंसा गरे । ‘नगरको शैक्षिक विकासमा राम्रा काम गर्नेलाई सम्मान गर्ने परिपाटि बसाल्दा सबैलाई हौसला मिल्छ । ’ उनले भने, ‘शिक्षा सिकाईमा आधारित हुनुपर्छ शिक्षणमा आधारित शिक्षा भएकोले नेपालका शिक्षा ज्ञानप्रधान शिक्षा हुने गरेको छ ।
सापकोटाले शिक्षामा भौतिक विकासभन्दा बौद्धिक विकासको पाटो मुख्य हुनुपर्ने बताउँद शिक्षाको गुणस्तर वृद्धिका लागि नगरले बजेट छुट्याउनु राम्रो भएको बताए ।
त्यसैगरि शिक्षा विकासको मुख्य पाटो रहेकोले बजेट छुट्याउन कञ्जुस्यांई नगरेको नगरप्रमुख टोक वहादुर वाईबाले बताए । ‘गत आर्थिक वर्षभन्दा बढि हुने गरी यो आर्थिक वर्षमा २ करोड बजेट विनियोजन गरेको छु ।’ उनले भने, ‘परिणाममा आधारित योजनाका साथ अघि बढेका छौं ।’
नगरवासीको हितमा जस्तो सुकै कठोर कदम चाल्न पनि आफू तयार रहेको नगर प्रमुख वाईबाको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले स्थानिय सरकार, विद्यार्थी, अभिभावक सबैको सहभागितामा मात्र नगर विकासले उचाई लिने बताए ।
शिकाई उपलब्धि, नियमितता, क्रियाशिलता, सिर्जनशिलताका आधारमा मुल्यांकन गरेर उनीहरुलाई सम्मान गरिएको नगर शिक्षा समितिका सदस्य गोविन्दप्रसाद पराजुललीले जानकारी दिए ।
नगरभित्र रहेका ४० वटा सामुदायिक र ४ बालविकास केन्द्रमार्फत नगरको शैक्षिक गुणस्तरमा भुमिका खेल्नेलाई सम्मान र पुरस्कृत गरिएको पराजुलीले बताए ।

को–को पुरस्कृत भए ?

पुरस्कृत हुनेसामुदायिक विद्यालयका विद्यार्थीहरुमा अञ्जु तामाङ–महाकाली मावि, वडा नम्बर ४, अनिसा सापकोटा–महाकाली मावि,वडा नम्बर ४,सिसम वजगाईं–महाकाली मावि,वडा नम्बर ४ उज्वल डोटेल–व्रम्हायणी मावि, वडा नम्बर ६ रहेका छन् भने संस्थागत विद्यालयबाट एसइइ उत्कृष्ट⁄पुरस्कृत विद्यार्थी २०७५मा सुस्मिता नेपाल–न्यु लिटिल स्टार इंग्लीस स्कुल, आरती सापकोटा–मण्डन भ्याली एकेडेमी, साजन ढकाल–मण्डनभ्याली एकेडेमी रहेका छन् ।
त्यसैगरि आधारभूत सामुदायिक विद्यालयबाट छात्रतर्फ सत्यनारायण पराजुली–इन्द्रावती मावि,वडा नम्बर १२, छात्रातर्फ रमिला तामाङ–महाकाली मावि सम्मानित भएका छन् भने आधारभूत संस्थागत विद्यालयबाट छात्रतर्फ रविन्द्रराज भण्डारी–मण्डन भ्याली एकेडेमी र छात्रातर्फ रोजिना तामाङ–विज्डम कम्युनिटि स्कुल रहेका छन् ।
त्यसैगरि मावितर्फ महाकाली मावि,वडा नम्बर १२ नगरकोट, आधारभूततर्फ जयसरस्वती प्रावि,वडा नम्बर १२ रामपुर, उत्कृष्ठ विद्यालय व्यवस्थापन समितिमा शिवप्रसाद वजगाईं–द्वारपालेश्वर मावि,मानेडाँडा, मनोज पराजुली–इन्द्रावती मावि, वडा नम्बर १२ रहेका छन् ।
त्यसैगरि उत्कृष्ट प्रअ तर्फ (मावि) फट्टक बहादुर पराजुली–इन्द्रावती मावि,वडा नम्बर १२, आधारभूततर्फ छन्दप्रसाद सापकोटा–पञ्चकन्या आधारभूत विद्यालय,वडा नम्बर ११, एकराज वास्तोला–महाकाली मावि,वडा नम्बर ४ चैनपुर, हरिप्रसाद भण्डारी–डेढिथुम्का मावि,वडा नम्बर ९, रामबाबु खत्री–उमासह शिक्षालय,वडा नम्बर १० चण्डेनी, आधारभूततर्फ उत्कृष्ठ⁄सम्मानित शिक्षक वीर बहादुर मोक्तान–इन्द्रावती मावि,वडा नम्बर १२, रामप्रसाद ढकाल–बालुवा मावि,वडा नम्बर २,बालुवापटि, विनोद प्रसाद सापकोटा–भगवती प्रावि,वडा नम्बर ११, कमल प्रसाद घिमिरे–महाकाली मावि,वडा नम्बर २, दिपक विक्रम लामा–महाकाली मावि,वडा नम्बर ४, रमा वजगाईं–कालीदेवी प्रावि,वडा नम्बर ७, उत्कृष्ठ⁄सम्मानित बालबिकास केन्द्र सहयोगी कार्यकर्ता शर्मिला राई–भिमसेन प्रावि,वडा नम्बर ६, उत्कृष्ठ⁄सम्मानित विद्यालय कर्मचारीमा दमै सिं तामाङ–वाघदेवी मावि,वडा नम्बर १२, उत्कृष्ठ⁄सम्मानित स्रोतव्यक्ति, लालचन्द्र ढकाल रहेका छन् ।
कार्यक्रममा पूर्व संविधानसभा सदस्य कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रमाणपत्रका साथ नगरप्रमुख टोक वहादुर वाईवाद्वारा खादा र उप–प्रमुख निर्मला शाहीद्धारा अविर लगाएर नगरको शिक्षामा तदारुकताका साथ लाग्ने विद्यार्थी पुरस्कृत र शिक्षक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, कर्मचारी र स्रोत व्यक्ति सम्मानित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।