काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच आज भेटभएको छ । चीनका राष्ट्रपति सी जिन पीङ नेपाल भ्रमणमा आउनेभएपछि वातावरण बनाउन नेपाल आएका विदेश मन्त्री वाङ र अध्यक्ष प्रचण्ड बीच भेटवार्ता भएको हो ।
भेटपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिंदै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा छलफल भएको बताए । दुई देशबीचमा रहँदै आएको सयौं वर्ष पूरानो सम्बन्ध आजको परिस्थितिमा अझ सुदृढ पार्ने छलफल भयो ।’ उनले भने, ‘चीन सरकारबाट र चिनियाँ जनताबाट हुने सहयोग र हाम्रो अपेक्षकोबारेमा कुराकानी भयो ।’ त्यसैगरि दुईटा सरकारको बीचमा गरिने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्नेबारे पनि कुरा भएको प्रचण्डले बताए ।
नेपालले राखेको कुराप्रति विदेशमन्त्री वाङ अत्यन्तै सकारात्मक रहेको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।