काभ्रे । काभ्रेमा नेपाली काँग्रेसले दोस्रो जागरण अभियान शुरुवात गरेको छ । देशैभरि दोस्रो जागरण अभियान सञ्चालन गर्ने क्रममा काभ्रेमा पनि विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन गरेको हो ।

काभ्रे काँग्रेसले विपि कोइरालाको १०६ औ जन्म दिबसको अवसरमा नेपाली काँग्रेस, काभ्रे प्रदेश सभा १ (ख) मा बृक्षारोपण गरेर अभियानको शुरुवात गरेको सभापति रमेश हुमागाईले बताएका छन् । हुमागाईंका अनुसार धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीचौरमा १ सय ६ वटा बिरुवा रोपेर जागरण अभियानको शुरुवात गरेको हो ।

अभियानको शुभारम्भ पार्टीका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले बृक्षा रोपेर गरेका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि केशव राज चौलागाई, पार्टीका प्रतिनिधि सभा क्षेत्र नं. १ का सभापति तिर्थ लामा, काभ्रे प्रदेश सभा १(ख)का सभापति रमेश हुमागईं, धुलिखेल १२ नं वडा कार्यसमित तथा क्षेत्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।

त्यसैगरि प्रतिनिधि सभा क्षेत्र नं. १ (क) मा पनि बृक्षरोपण गरेर जागरण अभियानको शुरुवात गरेको छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का सपाति तथा पूर्व सभासद तिर्थ लामाको उपस्थितिमा पार्टी कार्यालय परिसारमा बृक्षारोपण गरेर अभियानको शुरुवात गरेका हुन् ।

Comments

comments