काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लब समूह)का रामेछाप इन्चार्ज सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । विप्लब नेतृत्वमा रहेको पार्टीले लिएको नीति गलत भएको भन्दै सत्तारुढ दल नेकपामा प्रवेश गरेको हो ।
उनीसँगै सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ पनि प्रवेश गरेका छन् । नव प्रवेशी दुवै जना जिल्ला इन्चार्जलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् ।
रामेछापका इन्चार्ज ढुंगेल केही समय अघि प्रहरीले पक्राउ गरेको थियो । पार्टी छोड्ने सर्तमा उनलाई प्रहरीले रिहा गरेको थियो ।

Comments

comments