सिन्धुलीमाडी । सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहमा नेपाल आदिवासी जनजाति महासंघको समन्वय परिषद गठन भएको छ । आउँदो असोज ४ र ५ गते सिन्धुलीमाडीमा हुने प्रदेश नं. ३ को प्रथम अधिबेशनलाई लक्षित गरी महासंघ गठनको अभियान सञ्चालन गरेको महासंघ सिन्धुलीले जनाएको छ ।
महासंघले बुधबार सिन्धुलीमाडीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघ गठनको औचित्यता बारे जानकारी दिइएको छ ।

अभियान अन्तर्गत भदौं १६ गते घ्याङलेख गाउँपालिकाको अधिबेशनले अबिनाश वाईवाको अध्यक्षतामा, भदौं १७ गते मरिण गाउँपालिकाको अधिबेशनले शम्भु माझीको अध्यक्षतामा र भदौं १७ गते हरिहरपुरगढी गाउँपालिका भएको अधिवेशनले निरेश मोक्तानको अध्यक्षतामा गाउँपालिका समन्वय परिषद गरेको छ ।

त्यसैगरी भदौं १० गते दुधौली नगर अधिबेशनले गान्धी मगरको अध्यक्षतामा, भदौं २० गते तिनपाटन गाउँपालिका अधिवेशनले चुलबहादुर पुलामी (सरोज), भदौं २२ गते गोलन्जोर गाउँपालिका अधिबेशनले सिताराम थापा मगरको अध्यक्षता र भदौं २३ गते फिक्कल गाउँपालिकाको अधिबेशनले बिष्णु सुनुवारको अध्यक्षतामा समन्वय परिषद गठन गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघीयता र संविधानको मर्म विपरित समानुपातिक, समाबेशी, सामाजिक न्याय र धर्मनिपेक्षाको मन्यता विपरित सरकारले कार्य सञ्चालन गरेको भन्दै आदिवासी अधिकारका अभिन्तहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ ३ नं. प्रदेशका संयोजक काजीमान थिङले सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराभित्र खुशी नेपाली हुन आवश्यक रहेको बताउनु भयो । ‘सवै समुदाय खुशी भए मात्रै सुखी र देश सम्बृद्धि हुन्छ ।’ थिङले भने, ‘उत्पीडित उपेक्षित समुदायको हक अधिकार खोसेर सरकारले देशलाई एकात्मक र प्रतिगमन तिर लगेको छ ।’
अधिवेशनको तयारी अन्तिम चरणमा
’समाजिक मुद्दा सहित राजनीतिक जागरण, पहिचान सहितको सम्बृद्धिका लागि प्रदेश नं. ३ लाई नेवाः ताम्सालिङ नामकरण’ भन्ने मूल नाराका साथ महासंघको ३ नं. प्रदेशको प्रथम अधिबेशन असोज ४ र ५ गते सिन्धुलीमा हुने प्रेस विज्ञप्तीमा जनाएको छ ।

अधिवेशनमा १३ जिल्ला, स्थानीय तह समन्वय परिषद र ३५ भन्दा बढी सदस्य संगठनका दुई सय पचास भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने जनाएको छ । अधिबेशनको उद्घाटन महासंघका संघीय अध्यक्ष जगत बरामले गर्नु हुनेछ । उद्घाटन समारोहमा संघीय परिषदका पदाधिकारीहरु, पूर्व पदाधिकरी, सरकारका प्रतिनिधि, सांसद तथा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्नेछ ।

अधिबेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयन गर्नुका साथै नीति कार्यक्रमहरु पारित गरिनेछ विज्ञप्तीमा उल्लेख छन् । पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ, सिन्धुलीका उपाध्यक्ष महेन्द्र सुनुवार, सचिव इन्द्र भुजेल, कोषाध्यक्ष तुलबहादुर गुरूङ, पुर्व अध्यक्ष चित्र लुङ्गेली मगर लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।