बौद्ध, गेलोङ्मा पाल्मो (विक्क्षुणी कमला) कोे जीवनी तथा आर्यअवलोकितेश्वर चेन्रेजिग् बारे दोस्रो भाग र ञ्यूङ्ने (मौनब्रत) उपवासको महत्वको विषय बारे धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ ।
प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा धर्म गुरु आचार्य सर्वजीत गोङ्बाज्यूको मुखारविन्दबाट गेलोङ्मा पाल्मो (विक्क्षुणी कमला) कोे जीवनी तथा आर्यअवलोकितेश्वर चेन्रेजिग् बारे दोस्रो भाग र ञ्यूङ्ने (मौनब्रत) उपवासको महत्वको विषयमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । कार्यक्रम संस्थाको केन्द्रिय कार्यलय बौद्ध, तामाङ भवनमा हुने भएको छ ।
कार्यक्रम यहि भदौ २८ गते शनिबार दिनको ठिक १२ बजे देखि दिउसो ३ बजे सम्म हुने भएको छ । उक्त कार्यक्रममा उपस्थितको लागि बौद्ध धर्ममा अस्थावान रहेका सम्पूर्ण श्रद्धालु भत्तलजनहरुलाई धर्म श्रवणको निमित्त उपस्थितको लागि सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनम) ले अनुरोध समेत गरेका छन् ।
धर्म गुरु आचार्य सर्वजीत गोङ्बाज्यूको मुखारविन्दबाट गेलोङ्मा पाल्मो (विक्क्षुणी कमला) कोे जीवनी तथा आर्यअवलोकितेश्वर चेन्रेजिग् बारे पहिलो भाग भदौ २२ गते सस्थाको सभाहलमा भएको थियो ।
यस सस्थाले निःशुल्क पठनपाठन समेत गर्दै आइरहेका छन् । सेचेन गुम्बाले उप्लब्ध गराइएका लोपोन ङवाङ ग्यात्सो बाट पठनपाठन भइरहेको छ । दिनको १२ बजे देखि २ बजे सम्म सम्भोटा लिपि प्रशिक्षण (आधारभूत कक्षा), झ्योर्लाेक, २ बजे देखि ३ बजे सम्म म्हाणी मोलम, ३ बजे देखि ५ बजे सम्म च्योइ प्रशिक्षण र प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म बालबालिकाहरुका लागि लक्षित गरि मञ्जुश्री धर्म बाल कक्षा समेत संचालन हुँदै आईरहेको संस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङवा) ले बताए ।
गेलोङ्मा पाल्मो (विक्षुणी कमला) कोे जीवनी तथा आर्यअवलोकितेश्वर चेन्रेजिग् बारे धर्म गुरु आचार्य सर्वजीत गोङ्बाज्यूको मुखरा विन्दबाट प्रवचनको पहिलो भाग
श्रद्धेय धर्म गुरु आचार्य सर्वजीत गोङ्बाज्यूको मुखरा विन्दबाट गेलोङ्मा पाल्मो (विक्क्षुणी कमला) कोे जीवनी तथा आर्यअवालोकेश्वार चेन्रेजिग् बारे ञ्यूङ्ने (मौनब्रत) उपवास विषयमा धार्मिक प्रवचन हुदै स्थान : प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपाल, बौद्ध-६, काठमाण्डौ तामाङ भवन सम्पर्क : ०१४४८४५५५
Ngagyur bhal Hyul mhachig lhatsog ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 7, 2019






















