काभ्रे । धुलिखेल नगरपालिका वडा नं. २ रवि पदालीमा ‘एक घर एक धारा’ खानेपानी उद्घाटन हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त धाराको उद्घाटन गर्दैछन् ।
ठाडोखोला खानेपानी निर्माण उपभोक्ता समितिले आयोजना गरिएको यस कायक्रममा नगर प्रमुख अशोककुमार व्याञ्जुको समेत विशेष उपस्थिति रहनेछ । आर्थिक वर्ष २०७५।०७६ मा धुलिखेल नगरपरिषद्ले विनियोजन गरेको बजेटबाट यो योजना सफल भएको हो ।

धुलिखेल नगरपालिकाको सामाजिक विकास अधिकृत विदुर गौतमका अनुसार यस भेगका ५ सय ६५ घरधुरीले ‘एक घर एक धारा’ पाएकाछन् । गौतमका अनुसार यो योजना सम्पन्न हुनकालागि नगरपालिकाले करिब २ करोड बजेट विनियोजन गरिएको थियो ।
यसैबीच मन्त्री बाँस्कोटाले बनेपा–रवि–पाँचखला सडकखण्डको पीच प्रक्रिया समेच शिल्यानास गर्ने कार्यक्रम रहेको छ । मन्त्री बाँस्कोटाको पहलमा यो रोडको लागि ५ करोड रकम बजेट परेको थियो । यो रकमले करिब ५ किलोमिटर सडक पिच हुने गौतमले जानकारी दिए ।