धुलिखेल । देशैभरि डेंगु रोगको प्रकोप पढिरहेको बेला काभ्रेमा रोकथाम नियन्त्रण र सतर्कताको लागि जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले परिपत्र जारी गरेको छ । काभ्रेमा डेंगुरोग संक्रमित व्यक्तिहरु ६ जना भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले आज पत्रकार भेटघाटमा रोकथामको लागि जिल्लाले अप्नाउने तयारीको बारेमा जानकारी दिंदै उक्त कुरा बताएका हुन् ।
प्रमुख झाका अनुसार डेंगु तथा स्क्रव टाईफस रोकथाम नियन्त्रण सम्बन्धमा १३ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गर्न परिपत्र जारी गरिएको छ ।
‘डेंगु रोगबाट बच्ने उपायहरुको पूर्व तयारी तथा सतर्कता समबन्धमा स्थानीयस्तरमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न परिपत्र गरिएका छौं ।’ उनले भने, ‘१३ वटै स्थानीयतहमा मिति २०७६ साल भदौ १८ गते झाडापाला डेंगु रोग तथा स्क्रव टाईफस, टाईफाईड, इन्फुन्जा रोगको महाभारी समबन्धमा आवश्यक कार्ययोजना बनाई यस कार्यालयमा पठाउनका लागि परिपत्र गरिएको छु ।’
झाले डेंगुको उच्च जोखिम रहेको धुलिखेल, पाँचखाल, पनौति तथा मण्डनदेउपुर नपाको आयोजन जिल्ला स्वास्थ्य कार्यालयको सहभागीतामा डेंगु रोगबारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।
आफ्नो कार्यक्षेत्र नछाड्न आग्रह
जिल्ला स्वास्थ्य प्रमुख झाले आफ्नो कार्यक्षेत्र छोडेर अन्यत्र नजान जिल्ला भरिका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई आग्रह गरेका छन् । ‘आफ्नो कार्यक्षेत्र छाडेर अन्यत्र नजान सबै स्वास्थ्य कार्यालयहरुमा अनुरोध गरेको छ ।’ झाले भने, ‘डेंगु महामारी फैलियो भने जनशक्ति परिचालनमा समस्या आउन सक्छ अर्को भनेको चाहिं कुन कुन जिल्लाबाट कर्मचारी आउने हो ठेगान छैन, उनीहरुले डेंगु संगै ल्याउन पनि सक्छ । त्यसैले यो आग्रह गरेको हुं ।’
संक्रमितहरु ४ नगरपालिकाका
झाका अनुसार अस्पतालमा उपचार गराइरहेकाहरु काभ्रेका ६ जना रहेका छन् । ‘शुक्रराज ट्रपिकल अस्पताल टेकु, काठमाडौंमा ४ जना र धुलिखेल अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।’ उनले भने, ‘संक्रमितहरु पनौति, मण्डनदेउपुर, नमोबुद्ध र बनेपाका छन् ।’
यस्तो छ डेंगु हटाउने जिल्ला स्वास्थ्य कार्यालयको भावी योजनाः
१, प्रत्येक दिन जिल्ला स्थित अस्पतालहरुबाट डेङ्गु रोग सम्वन्धी डाटा संकलन गरी माथिल्लो निकायमा अवगत गराउने ।
२, पत्रकार अन्र्तक्रिया कार्यक्रम गरी डेङ्गु रोगबारे जानकारी गराउने ।
३, स्थानीय भाषामा सचेतनामूलक सन्देश तयार गरी पत्रपत्रिका एवँ एफएम रेडियोहरुबाट जनचेतनामुलक सुचना प्रवाह गराउने ।
४, अन्तरनिकाय समन्वय साझेदारीताको लागि प्रत्येक सरकारी तथा गैह्रसरकारी संध संस्थाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत कार्यालय हाता तथा वरीपरी सर्च एण्ड डिस्टा«य गर्नको लागि लामखुट्टेको बृद्धीदर रोक्न पत्राचारको लागि अनुरोध गर्ने ।
५, प्रत्येक स्थानीयतह संग समन्वय गरी स्थानीयस्तरमा डेङ्गु र अन्य सम्भाबित महामारी सम्वन्धी अभिमुखिकरण गोष्ठी संचालन गर्ने गराउने ।
६, स्थानीयतहले सर्च एण्ड डिस्टा«य कार्यक्रम संचालन गरी लामखुट्टेको बृद्धीदर रोक्नको लागि कार्यक्रम संचालन गर्न अनुरोध गर्ने ।
७, सुरक्षा निकाय (नेपाली सेना, ससस्त्र प्रहरी , नेपाल प्रहरी एवँ जिल्ला स्थित गण गुल्म ) कार्यालय परिसर एवँ वरपर सर्च एण्ड डिस्टा«य कार्यक्रम संचालन गर्न अनुरोध गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















