सुनापती । रामेछाप जिल्ला सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले आफूहरु गुणस्तरीय शिक्षाको लागि प्रतिबद्धता रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा डहू माविले आयोजना गरेको ‘गुणस्तरीय शिक्षाको लागि स्थानीय सरकारको भुमिका’ बिषयक बक्तृत्व कला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।
‘सुनापती गाउँपालिकाभित्र शैक्षिक गुणस्तर राम्रो बनाउने अभियानमा हामीहरु लागेका छौं । विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिएका छौं ।’ लामाले भने, ‘गाउँपालिकाभित्रको बिद्यालयहरुको स्तर सुधार्न र शैक्षिक गुणस्तर कायम गर्न हरतरहले लागि परेका छौं । सरकारले जारी गरेको शिक्षा नीतिलाई पूर्ण रुपले लागु गराउछौं ।’
अध्यक्ष लामाले स्थानीय सरकारले पनि प्रभावकारी कार्यविधि बनाएर लागू पर्नेमा जोड दिए । प्रतियोगीतमा विजयी विद्यार्थीहरुलाई अध्यक्ष लामाले पुरस्कार वितरण समेत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















