तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले २०७५ सालमा एसईई परिक्षामा सामेल भएका र आधारभूत तह कक्षा ८ को परिक्षामा सामेल भई उत्कृष्ट भएका छात्रा–छात्रहरुलाई सम्मान गर्ने भएको छ । तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुर्इंकेलका अनुसार राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई आईबार (भोलि) सम्मान गर्ने भएको हो ।
‘‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका सथा तेमाल गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा अध्ययनरत गरी एसइइ परिक्षा २०७५ मा उत्कृष्ट भएका छात्र र छात्राहरु तथा आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा २०७५ मा गाउँपालिकास्तरमा उत्कृष्टता हासिल गर्ने छात्र र छात्राहरुलाई सम्मान गर्न लागो हौं ।’ अधिकृत कुईंकेलले भने, ‘उत्कृष्ट भएकाहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र पदकबाट सम्मान गर्ने र विद्यालयलाई प्रसंशा पत्र प्रदान गर्ने कार्यक्रम राखेका छौं ।
एसईई परिक्षामा कुशेश्वर मावि उत्कृष्ट
२०७५ सालको एसईई परिक्षामा सामेल भई तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर मावि तेमालकै उत्कृष्ट विद्यालय बनेको छ । कुशेश्वर माविका ज्ञानबहादुर रायमाझीले ३.४५ जीपीए ल्याई तेमालकै प्रथम बनेका हुन् ।
एसईईभएका छन् । दोस्रोमा कुशेश्वर माविका रंगिना लामा र जनज्योति माविका सुनिता थपलिया भएका छन् ।
तेस्रो हुनेमा भूमे माविका सज्जन तामाङ, सर्वोद्धर माविका सुरज तामाङ, नारायणस्थान माविका अञ्जली तामाङ रहेका छन् । चौथो हुन सफल हुनेमा जनचेतना माविका निश्चल तामाङ, राधाकृष्ण माविका रामशरण मैनाली रहेका छन् । पाँचौंमा जनज्योति माविका सुशिला लामा र जनचेतना माविका संगम तामाङ र छंैठौंमा जनज्योति माविका रमेश मैनाली र नारायणस्थान माविका सृजना श्रेष्ठ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।