मानमा बहराइन । प्रवास भुमिमा रहि आफ्नो भाषा, धर्म, कला र संस्कार संस्कृतिलाई संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका बहराइन तामाङ सेवा समाजले आफ्नो ११ औं वार्षिकोत्सव मनाउने भएको भएको छ । भाषा, धर्म, कला र संस्कार संस्कृतिलाई संरक्षण सम्बद्र्धनको साथमा सामाजिक कार्य समेत गर्ने उद्देश्यले २००९ मा स्थापना भएको यस संस्थाले १० वर्ष पूरा भई ११ बर्षमा प्रवेश गरेको अवरमा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको हो ।
समाजको वार्षिकोत्सव आउँदो सेप्टेम्बर २७ तारिखका दिन मनाउन लागेको समाजका अध्यक्ष सोनाम दोङले तेमाल अनलाईनलाई बताए । उनका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा समेत पुगेको छ । कार्यक्रममा बहराइनमा रहेका दुई तामाङ संस्था, बहराइन तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ (बहराइन) बिच एकता घोषणा हुने दोङले बताए ।
‘दुई तामाङ संस्थाबीचमा एकता हुने भएकोले यो बार्षिकोत्सब अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक हुनेछ ।’ दोङले भने ।
कार्यक्रम २७ सेप्टेम्बर २०१९ शुक्रबारका दिन ओरेन्टल प्यालेस होटल (एतिम सेन्टर पछाडि) दिउँसो ३ बजेबाट शुरु हुने आयोजकले बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























